March 22, 2021

हार्दिक श्रद्वाञ्जली - श्री चित्र बहादुर शाही

हार्दिक श्रद्वाञ्जली - श्री चित्र बहादुर शाही
यस विद्यालयका संस्थापक सदस्य श्री चित्र बहादुर शाही (खाँण) को ८४ वर्षको उमेरमा असमाहिक  निधन भएका कारण उहाँको आत्माको चिर शान्तीको कामना कामना सहिद भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारहरुमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
स्याङ्जा जिल्ला चापाकोट-४ घुर्लिचौर (हाल यु.के) निवासी श्री चित्र बहादुर शाही (खाँण) को ८४ वर्षको उमेरमा मिति २०७७/११/१३ गते निधन हुनुभयो भने अन्त्यष्टि २०७७/१२/७ गते यु.के. मा नै सम्पन्न भयो । उहाँको निधनले विद्यालय एवम् समाजले एउटा अथक विकासप्रेमी व्यक्तित्व गुमाउनु परेको पिडाको कारण विद्यालय परिवार स्तब्ध भएको छ । उहाँ यस श्री खड्गकाली मा.वि.को संस्थापक सदस्य हुनुहुन्छ । 
२०५३ सालमा गोर्खा वेल्फेयर स्किम (GWS) बाट स्पन्सरको भूमिकामा रु १४ लाखको दुम्सिखोला देखि घुर्लिचौर खानेपानी योजना सम्पन्न गर्नु भै १०० घरधुरी र लगभग ४०० जना विद्यार्थीहरुलाई पिउने पानीको सुविधा प्राप्त भएको र हालसम्म सोही योजनाको पिउने पानी उपलब्ध भैराखेको छ। त्यस्तै  सोही संस्था GWS बाट २०६२ सालमा विद्यालय पक्की भवनको लागि रु ९५,०००/- लगायत फर्निचर मर्मतको योजना ल्याउनु भएको थियो । यस विद्यालयमा २०६१ मा शिक्षक अभिभावक संघको सदस्य, २०६३ मा विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा रहेर विद्यालयको सेवा गर्नुभएको थियो । 
साथै, वडा सदस्य र २ कार्यकाल वडा अध्यक्षको रुपमा जन निर्वाचित प्रतिनिधिको रुपमा काम गर्नुभयो । यस विद्यालयमा उहाँको  परिवारजनबाट आर्थिक सहयोग प्राप्त भै छोराहरू श्री गणेश शाही र श्री दिपेन्द्रध्वज शाही मा.वि. संस्थापक सदस्य, श्री सुरेन्द्र शाही र बुहारी श्री सुकुम शाही कर्मठ आजीवन सदस्य, छोरी श्री भगवती शाही आजीवन सदस्य हुनुहुन्छ । हाल उहाँको १ श्रीमति, ४ छोरा/४ बुहारी, २ छोरी/२ ज्वाई, ६ नाति/२ नाति बुहारी, ९नातिनी/१ नातिनी ज्वाइँ, ५ पनाति, ६ पनातिनीहरू हुनुहुन्छ । 
यस विद्यालयप्रति भएको अमूल्य योगदानको उच्च सम्मानकासाथ आज उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै चिरशान्तिको कामनासहित विद्यालयमा शोक मनाईयो । अन्तमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै ईश्वरले धैर्यधारण गर्ने शक्ति  प्रदान गरून् भन्ने कामना गर्दछौ ।
श्री खड्गकाली मा.वि.परिवार चापाकोट -४ स्याङ्जा

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...