March 29, 2021

२०७७ चेैत्र १७ देखि चेैत्र २० गतेसम्मको लागि सार्वजनिक विदा हुँदै

२०७७ चेैत्र १७ देखि चेैत्र २० गतेसम्मको लागि सार्वजनिक विदा
प्रस्तुत विषयमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र चापाकोट नगरपालिकाको मिति २०७७ चैत्र १६ गतेको विज्ञप्तिमा वर्तमान अवस्थामा वायुमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने गम्भिर असरलाई दृष्टिगत गरी सम्पूर्ण शिक्षण संस्थाहरु २०७७/१२/१७ गतेदेखि २०७७/१२/२० गतेसम्म विदा दिने निर्णय भएकाले यस खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा पनि सोही निर्णयको आधारमा यहिँ चैत्र २० गतेसम्मका लागि पठनपाठनको सम्पूर्ण गतिविधिहरु स्थगित गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।

पूनश्चः अभिभावक वर्गहरुले आफ्ना नानीबाबुहरुलाई घरभित्रै रहने वातावरण मिलाई दिनुहुन समेत अनुरोध गरिन्छ ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...