January 11, 2024

राष्ट्रिय एकता दिवस, स्थानीय विदा र माघे सक्रन्तीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

राष्ट्रिय एकता दिवस, स्थानीय विदा र माघे सक्रन्तीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८० पुस २७ गते राष्ट्रिय एकता दिवस, २८ गते शनिबार, २९ गते पटके स्थानीय विदा र माघ १ गते माघे सक्रान्तीको उपलक्ष्यमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः माघ २ गते मंगलबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।

December 24, 2023

क्रिसमस डे र उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धि सूचना

क्रिसमस डे र उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धि सूचना

श्री जो जससंग जहाँ सम्बन्ध राख्दछ,

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८० पुस ९ गते सोमबार क्रिसमस डे र १० गते मंगलबार उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्चः ११ गते बुधबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।

November 22, 2023

हरिबोधनी एकादशीको अवसरमा स्थानीय विदा सम्बन्धित सम्बन्धमा सूचना

हरिबोधनी एकादशीको अवसरमा स्थानीय विदा सम्बन्धित सम्बन्धमा सूचना

चापाकोट नगरपालिकाबाट जारी सूचना
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा भोली मिति २०८० मंसिर ७ गते विहिबार हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा चापाकोट नगरपालिकाद्धारा जारी सूचना बमोजिम स्थानीय विदा राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ  ।

November 10, 2023

दिपावली तथा छठपर्व २०८० को पावन अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

दिपावली तथा छठपर्व २०८० को पावन अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा हिन्दुहरुको दोस्रो महान पर्व दिपावलीको पावन अवसरमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८० कार्तिक २६ गते देखि ३० गतेसम्म तिहार विदा, मंसिर १ गते शुक्रबार पटके स्थानीय विदा तथा ३ गते आइतबार छठ पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
८ पुनश्चः नेपालीहरुको महान् पर्व दिपावली तथा छठपर्व २०८० को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । (alert-success)

October 13, 2023

दशैं विदा सम्बन्धमा सूचना

दशैं विदा सम्बन्धमा सूचना

विषय (Sub): विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०८० असोज २८ गते घटस्थापनादेखि कार्तिक ११ गते कोजाग्रत पूर्णिमासम्म सार्वजनिक विदा हुने व्यहोरा जानकारी गराईन्छ ।
पुनश्चः हिन्दुहरुको महान् पर्व विजया दशमी २०८० को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

September 19, 2023

विद्यालय बन्द रहने सम्बन्धमा जरुरी सूचना

विद्यालय बन्द रहने सम्बन्धमा जरुरी सूचना

सम्पूर्ण विद्यार्थी तथा अभिभावक,

विषयः विद्यालय बन्द रहने सम्बन्धमा ।

नेपाल सरकारले मिति २०८०/০५/२७ गते संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक (विद्यालय शिक्षा ऐन २০८০) नेपालको सार्वजनिक शिक्षालाई थप धरासायी बनाउने र आम शिक्षक तथा विद्यालय कर्मचारीको पेसागत हक हित विपरित रहेकाले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले यहीँ मिति २०८० असोज ३ गतेदेखि निर्णायक आन्दोलनको आव्हान गरेको हुँदा उक्त आन्दोलनमा विद्यालयका सम्पुर्ण शिक्षक तथा कर्मचारीहरु काठमाण्डौंमा हुने वृहत प्रदर्शनमा सहभागी हुनुपने भएकोले अर्को सूचना नआएसम्म विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सवैलाई जानकारीका लागि सादर अनुरोध छ ।
पुनश्चः आन्दोलनको कारण अवरुद्ध हुने पठनपाठनप्रति हामी अत्यन्त सवेदनशिल र जिम्मेवारी छौं र अतः उक्त पठनपाठनको क्षतिपूर्ति अन्य सार्वजनिक विदाको दिनबाट व्यवस्थापन गरिने छ ।

August 30, 2023

जनैपूर्णिमा र २०८० सालको पटके स्थानीय बिदा सम्बन्धमा सूचना

जनैपूर्णिमा र २०८० सालको पटके स्थानीय बिदा सम्बन्धमा सूचना

श्री सम्बन्धित सबैमा,

विषय (Sub): विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा भोली मिति २०८० भाद्र १४ गते विहिबार जनैपूर्णिमा (रक्षाबन्धन) र भाद्र १५ गते शुक्रबार यस शैक्षिक सत्र २०८० सालको पटके स्थानीय बिदा मध्येबाट कट्टी हुने गरी स्थानीय विदा राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

August 13, 2023

कन्जक्टिकभाइटिस सरूवा रोगको नियन्त्रणको निम्ति खड्गकाली मा.वि.मा ५ दिने बिदा हुँदै

कन्जक्टिकभाइटिस सरूवा रोगको नियन्त्रणको निम्ति खड्गकाली मा.वि.मा ५ दिने बिदा हुँदै

श्री सम्बन्धित सबैमा,

विषय (Sub) : विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट स्याङजाको मिति २०८०/०४/२८ को सूचना बमोजिम हाल फैलिरहेको कन्जक्टिकभाइटिस (आँखा पाक्ने) सरूवा रोगको नियन्त्रणको निम्ति हिँउदे विदाबाट कट्टी हुने गरी मिति २०८०/०४/२९ गते सोमबारदेखि मिति २०८०/०५/०१ गते शुक्रबारसम्म ५ दिन विद्यालय पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।
* पुनश्चः चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर तथा पूर्वनिर्धारित समयतालिका अनुसार भाद्र ६ गतेबाट प्रथम त्रैमासिक परीक्षा सञ्चान हुने हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई तयारी अवस्थामा रहन अनुरोध गरिन्छ ।

July 02, 2023

खड्गकाली मा.वि.को वर्षे विदा सम्बन्धमा सूचना

खड्गकाली मा.वि.को वर्षे विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर स्याङ्जामा शैक्षिक बर्ष २०८० को वर्षे विदा मिति २०८०/०३/१७ गते देखि २०८०/०४/१९ गते सम्म हुने र २०८०/०४/२० गते शनिबार परेकाले २०८०/०४/२१ गते आइतबार देखि विद्यालय यथावत समयमा सु-सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवं सम्बन्धित सरोकारवालाहरुमा जानकारी गराइन्छ ।

June 28, 2023

वकर ईदको उपलक्ष्यमा विदा सम्बन्धि सूचना

वकर ईदको उपलक्ष्यमा विदा सम्बन्धि सूचना

सूचना ! सूचना !! सूचना !!!

विषयः सार्वजनिक विदा सम्बन्धमा

प्रस्तुत विषयमा भोलि मिति २०८० साल असार १४ गते विहिवार इस्लाम धर्मालम्वीहरुको पर्व वकर ईदको अवसरमा सार्वजनिक विदा हुने भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

May 04, 2023

बुद्ध जयन्तीको उपलक्ष्यमा सार्बजनिक विदा सम्बन्धमा सूचना

बुद्ध जयन्तीको उपलक्ष्यमा सार्बजनिक विदा सम्बन्धमा सूचना

श्री जो जससंग जहाँ सम्बन्ध राख्दछ,
विषयः विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा. वि. चापाकोट-४ घुर्लिचौर, स्याड्जामा मिति २०८० वैशाख २२ गते शुक्रवारको दिन बुद्ध जयन्तीको उपलक्ष्यमा सार्बजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।
पुनश्च: २३ गते शनिवार परेकाले २४ गतेबाट नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ।

April 13, 2023

नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गते शुक्रवार सार्वजनिक विदा सम्बन्धमा सूचना

नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गते शुक्रवार सार्वजनिक विदा सम्बन्धमा सूचना

श्री जो जससंग सम्बन्ध राख्दछ ।

विषय (Sub): सार्वजनिक विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गते शुक्रवार सार्वजनिक विदा हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवं सरोकारवालाहरुमा जानकारी गराइन्छ ।
पुनश्चः
  • नयाँ वर्ष २०८० को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक एवम् सरोकारवालाहरुमा सुख, शान्ति, सुस्वास्थय, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हादिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
  • २০८০ वैशाख ३ गते आइतवारदेखि विद्यालय खुल्ने र ४ गते सोमबारदेखि नियमित पठनपाठन हुनेछ ।

March 07, 2023

अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

श्री जो जससंग जहाँ सम्बन्ध राख्दछ,

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०७९ फाल्गुन २४ गते बुधबारको दिन अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

November 18, 2022

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मंसिर ४ र ५ गते सार्वजनिक विदा

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मंसिर ४ र ५ गते सार्वजनिक विदा

विषय: सार्वजनिक विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा मिति २०७९ मंसिर ४ गते आइतवारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मंसिर ४ र ५ गते सार्वजनिक विदा हुने भएकोले विद्यालयको पठन पाठन कार्य बन्द हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाहरुमा जानकारी गराईन्छ ।

November 03, 2022

हरिवोधनी एकादशीको २०७९ को उपलक्ष्यमा स्थानीय विदा सम्बन्धि सूचना

हरिवोधनी एकादशीको २०७९ को उपलक्ष्यमा स्थानीय विदा सम्बन्धि सूचना

प्रस्तुत विषयमा शिक्षा शाखा चापाकोटको प्राप्त सूचना अनुसार भोलि मिति २०७९ साल कार्तिक १८ गते शुक्रबार हरिवोधनी एकादशीको उपलक्ष्यमा स्थानीय विदा हुने भएकोले यस श्री खड्गकाली माध्यमिक विद्यालयको पठन पाठन कार्य बन्द हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाहरुमा जानकारी गराईन्छ ।

October 21, 2022

खड्गकाली माविमा २०७९ कार्तिक ६ गतेदेखि १३ गतेसम्म विदा सम्बन्धमा जरुरी सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०७९ कार्तिक ६ गते आइतबार स्थानीय विदा, कात्तिक ७ गते सोमबारदेखि कार्तिक १२ गते शनिबारसम्म तिहार बिदा र कात्तिक १३ गते छठ पर्वको अवसरमा सार्वजनिक विदा हुने भएको हुँदा उल्लेखित दिनहरुमा विद्यालयमा पठनपाठन बन्द रहने कुरा सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।
पुनश्च: कात्तिक १४ गतेबाट नियमित रुपमा विद्यालयमा पठनपाठन हुनेछ र हिन्दुहरुको महान् पर्व दिपावली-२०७८ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

प्रधानाध्यापक
लेस बहादुर खाँण
श्री खड्गकाली मा.वि.

October 17, 2022

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक विदा सम्बन्धी सूचना

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक विदा सम्बन्धी सूचना

गृह मन्त्रालयको सूचना

प्रस्तुत विषयमा भोली मिति २०७९ साल कार्तिक १ गते मंगलबार संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपालका सबै सरकारी कार्यालयहरुलाई सार्वजनिक बिदा दिने नेपाल सरकार गृह मन्त्रालयको निर्णय बमोजिम यस श्री खड्गकालि मा.वि. चापाकोट-४, घुर्लिचौरमा पनि सार्वजनिक विदा हुने तथा सम्पूर्ण पठनपाठन र कार्यालयीय कामकाज बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
प्रधानाध्यापक
लेस बहादुर खाँण
श्री खड्गकाली मा.वि.

March 07, 2022

अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा विदा सम्बन्धि सूचना

अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा विदा सम्बन्धि सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०७८ फाल्गुन २४ गते मंगलबारको दिन अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

March 02, 2022

ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा विदा सम्बन्धि सूचना

ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा विदा सम्बन्धि सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा भोलि २०७८ फाल्गुन १९ गते विहीबारको दिन ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

February 28, 2022

महा-शिवरात्रीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

महा-शिवरात्रीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा भोलि २०७८ फाल्गुन १७ गते मंगलबारको दिन महा-शिवरात्रीको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
अपडेट
लोडिङ हुँदै छ...