February 04, 2024

अंग्रेजी निबन्ध लेखन र घेैंटो फोड प्रतियोगिता विजयी विद्यार्थीलाई पुरस्कृत गरिँदै

अंग्रेजी निबन्ध लेखन र घेैंटो फोड प्रतियोगिता विजयी विद्यार्थीलाई पुरस्कृत गरिँदै

मिति २०८० माघ १९ गते खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आयोजित शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तरर्गत अंग्रेजी निबन्ध लेखन र घेैंटो फोड प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कृत गरिँदै ।

बिजेताहरु
  • समीक्षा उच्चै (कक्षा १०) - Essay (Importance of information technology)
  • कल्पना कुँवर (कक्षा ६) - Essay (My Hobbies and interest)
  • नमिस्का पौडेल (कक्षा ३) - घैंटो फोड
मिति २०८०/१०/२२

February 02, 2024

खड्गकाली मा.वि.मा अंग्रेजी निबन्ध लेखन र घेैंटो फोड प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा अंग्रेजी निबन्ध लेखन र घेैंटो फोड प्रतियोगिता सम्पन्न

आज मिति २०८० माघ १९ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तर्गत बालक्लबको आयोजनामा कक्षा ६ देखि १० सम्म अग्रेजी निबन्ध (essay) लेखन र कक्षा नर्सरी देखि ५ सम्म घैंटो फोड प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ६ र ७ लाई "My Hobbies and Habbits" र कक्षा ८ देखि १० लाई "Importance of Information and Technology" शिर्षक दिइ सञ्चालन गरिएको उक्त अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा कक्षा ६ र ७ बाट कल्पना कुँवरको र कक्षा ८ देखि १० बाट समीक्षा उच्चैको निबन्ध उत्कृष्ट छनोटमा परेका छन् । त्यसैगरी घैंटो फोड प्रतियोगितामा कक्षा ३ को नमिस्का पौडेल विजयी बन्न सफल भएका छन् । प्रतियोगितामा उत्कृष्ट निबन्ध लेखन गर्ने र घैंटो फोड प्रतियोगितामा बिजयी विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।

January 26, 2024

खड्गकाली मा.वि.मा अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न

आज मिति २०८० माघ १२ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बालक्लबको आयोजनामा अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले शुक्रबारे कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त नृत्य प्रतियोगितामा बाग्मती सदनबाट सोनिका सारु, कोशी सदनबाट दिपशिखा थापा, कर्णाली सदनमा एन्जिता खाण र गण्डकी सदनबाट अप्सरा खाँणले सहभागीता जनाएका थिए । 

प्रतियोगितामा कोशी सदनले प्रथम स्थान हाँसिल गरेका छन् । द्वितीय हुन सफल सदन कर्णाली रहेका छन् भने तृतीय र सान्त्वना स्थान हाँसिल गर्न सफल सदनहरु क्रमशः गण्डकी सदन र बाग्मती सदन रहेका छन् ।

निर्णायक मण्डलको रुपमा शिक्षकहरु उम बहादुर गुरुङ (बिकास), कोपिला केसी रोका र संगिता पौडेल रहनुभएको थियो भने अन्य शिक्षकहरुले सुपरिवेक्षकको भूमिका निभाउनुभएको थियो । प्रतियोगी विद्यार्थी बाहेक अन्य विद्यार्थीहरुले पनि आकर्षक नृत्य प्रस्तुत गरि कार्यक्रमलाई अझ रौनकता प्रदान गरेका थिए । 

बाल क्लबको सचिव सिता थापाद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथी प्र.अ. लेस बहादुर खाँण र सभापतिको रुपमा बालक्लबको अध्यक्ष कक्षा ८ को छात्र दिवान रनपाल रहेका थिए । नृत्य प्रतियोगितामा उत्साहको साथ सहभागी भई विभिन्न स्थान सहित विजयी विद्यार्थीहरुलाई प्र.अ. लेस बहादुर खाँणले बधाई ज्ञापन गर्दै व्यक्तिगत रुपमा पुरस्कृत गर्नुभयो ।

January 19, 2024

खड्गकाली माविमा अन्तरसदनात्मक कविता लेखन प्रतियोगिता सम्पन्न

खड्गकाली माविमा अन्तरसदनात्मक कविता लेखन प्रतियोगिता सम्पन्न

आज मिति २०८० माघ ५ गते श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तरगत बालक्लबको आयोजनामा अन्तरसदनात्मक कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
कविता प्रतियोगितामा कक्षा ४ बाट नजमा सारु, कक्षा ५ बाट शुसन क्षेत्री, कक्षा ६ बाट सदिच्छा कुवँर, कक्षा ७ बाट रोशन क्षेत्री, कक्षा ८ बाट अप्सना खाँण, कक्षा ९ बाट स्मृति बि.सी. र कक्षा १० बाट सीता थापाले भाग लिएका थिए ।
प्रतियोगितामा कक्षा आधारभूत तह (कक्षा ५-५) बाट गण्डकी सदन अन्तरगतका सुसन क्षेत्री, आधारभूत तह (कक्षा ६-८) बाट गण्डकी सदन अन्तरगतकै अप्सना खाँण र माध्यमिक तह कक्षा (कक्षा ९-१०) बाट कोशी सदन अन्तर्गतका सीता थापाले उत्कृष्ट कविता लेखन गरेका छन् । प्रतियोगितामा उत्कृष्ट कविता लेखन गर्ने उल्लेखित विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।

January 05, 2024

कक्षागत चित्र लेखन प्रतियोगितामा विद्यार्थीद्वारा तयार पारिएको केही चित्रहरु

कक्षागत चित्र लेखन प्रतियोगितामा विद्यार्थीद्वारा तयार पारिएको केही चित्रहरु

श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०८० पौष २० गते शुक्रबार सम्पन्न भएको कक्षागत चित्र लेखन प्रतियोगितामा विद्यार्थीद्वारा तयार पारिएको केही चित्रहरु ।


November 24, 2023

खड्गकाली मा.वि.मा अन्तरसदनात्मक वादविवाद प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा अन्तरसदनात्मक वादविवाद प्रतियोगिता सम्पन्न

आज मिति २०८० मंसिर ८ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बालक्लबको आयोजनामा "छोरीलाई पैतृक सम्पत्ति भन्दा शिक्षा दिनु बेस" भन्ने शिर्षकमा अन्तरसदनात्मक वादविवाद प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा पक्ष र विपक्षमा रहने गरि हरेक सदनहरुबाट दुई/दुई जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । विद्यार्थीहरुमा तार्किक सीप परीक्षण तथा बैचारिक खण्डन गर्ने कला बढाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो । प्रतियोगितामा बाग्मती सदनबाट भाग लिने विद्यार्थीहरु इस्मी मल्ल र शर्मिला क्षेत्री, कोशी सदनबाट सीता थापा र दिवस गुरुङ, कर्णाली सदनमा हिमानी खाँण र नोमिस्का गुरुङ तथा गण्डकी सदनमा स्मृति बि.सी. र हिसिला गुरुङ रहेका थिए । 
प्रतियोगितामा गण्डकी सदनले प्रथम स्थान हाँसिल गरेका छन् । द्वितीय हुन सफल सदन कोशी रहेका छन् भने तृतीय र सान्त्वना स्थान हाँसिल गर्न सफल सदनहरु क्रमशः बागमती र कर्णाली रहेका छन् ।
निर्णायक मण्डलको रुपमा शिक्षकहरु बिष्णु पौडेल, शिव गिरी र संगिता अर्याल रहनुभएको थियो भने अन्य शिक्षकहरुले सुपरिवेक्षक भूमिका निभाउनुभएको थियो । बाल क्लबको सचिव अप्सरा थापाद्वारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्र.अ. लेस बहादुर खाँण र सभापतिको रुपमा बालक्लबको अध्यक्ष कक्षा ८ की छात्रा पुजा गुरुङ रहेका थिए । वादविवाद प्रतियोगितामा उत्साहको साथ सहभागी भई विभिन्न स्थान सहित विजयी विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।
अपडेट
लोडिङ हुँदै छ...