September 16, 2020

खड्गकाली मा.वि. को विद्यार्थी सिकाइ सहजीकरण सम्बन्धमा जरुरी सुचना

विद्यार्थी सिकाइ सहजीकरण सम्बन्धमा जरुरी सुचना
आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाइबहिनीहरु,
प्रस्तुत विषयमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका – २०७७ अनुसार चापाकोट नगर शिक्षा शाखा एवम् चापाकोट न.पा. अन्तर्गत सामुदायिक तथा संस्थागत विद्यालयहरुको मिति २०७७ भदौ २९ गते बसेको प्र.अ. बैठकको निर्णय अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संकटलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई विद्यालयमा नै भौतिक दुरी कायम गर्दै तपशिल अनुसार कक्षा सञ्चालन गरी विद्यार्थी सिकाइ सहजीकरण गरिने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी सहित अनुरोध
गरिन्छ।
तपशिल
  • आइतबार, मंगलबार, विहिबार : (कक्षा नर्सरी, १, ३, ५, ७, ९, १०)
  • सोमबार, बुधबार, शुक्रवार : (कक्षा के.जी., २, ४, ६, ८, १०)
पुनश्च:
  • कक्षा सञ्चालन २०७७ असोज १ गते बिहान १० बजेदेखि ४ बजेसम्म विहिबारबाट हुनेछ ।
  • विद्यार्थी तथा शिक्षकहरुले अनिवार्य रुपमा विद्यालय पोशाकसहित मास्क लगाउनुपर्नेछ ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...