खड्गकाली माविमा कक्षा ९ द्वारा कक्षा १० लाई विदाई कार्यक्रम सम्पन्न
आज मिती २०७६ फागुन २३ गते खड्गकाली मा.वि चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरुको निम्ति शुभकामना तथा विदाई कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।
विगतका वर्षहरुमाझै यस बर्ष पनि विद्यालय प्रशासनको निर्देशन र सहयोगमा कक्षा ९ का विद्यार्थीहरुले उक्त कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयको विव्यस अध्यक्ष देवेन्द्र बहादुर खाँणको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा, कक्षा ९ का छात्रा शुष्मा पौडेल सभापति र विद्यालय प्र.अ. लेस बहादुर खाँण विशिष्ट अतिथिका रुपमा रहेका थिए भने विद्यालयका भूतपूर्व विव्यस अध्यक्षहरु, अक्षयकोषदाता, शिक्षक अभिभावक संघका प्रतिनिधि र वर्तमान सदस्यहरु आमन्त्रित अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रममा विद्यार्थी प्रतिनिधिको रुपमा कक्षा ९ का छात्राले स्वागत मनतव्य व्यक्त गरे । विद्यालयको शिक्षकहरु पशुपति पौडेल र जगदीश यादवले शुभकामना मनतव्य व्यक्त गर्दै कक्षा १० को विद्यार्थीहरुलाई आउँदै गरेको एस.ई.ई परिक्षाको सफलताको शुभकाकामना दिनुभयो । साथै, उहाँले विद्यालयबाट विदाईको घडिलाई एउटा दुःखद क्षणको रुपमा नलिई नयाँ अवसरको आयाम र आफूलाई प्रगतिको दिशातर्फ मोड्नुपर्ने समयको रुपमा मनन गरि अघि बढ्न समस्त विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । त्यसैगरी शिक्षक पशुपति पौडेलले सत प्रतिशत बिद्यार्थीहरु राम्रो ग्रेडमा उत्तीर्ण भई आउँदै गरेको एसईई परिक्षामा 'ए प्लस' ग्रेड ल्याई विद्यालयको गरिमा उच्च बनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै कक्षा १० का विद्यार्थी प्रतिनिधिको रुपमा छात्रछात्राहरु मनिस पौडेल र धनु सिङ्जालीले आ-आफ्नो मनतव्य गरे । उनीहरुले एस.ई.ई. मा विद्यालयले अपेक्षा गरे अनुरुपको नतिजा ल्याउनको लागि हरसम्भव प्रयासरत रहने प्रतिवद्वता जाहेर गरे ।
विद्यालयको प्रधानाध्यापक लेस बहादुर खाँणले अन्तर्कृया रुपी शुभकानमा आदानप्रदान र विदाई कार्यक्रम सञ्चालन गरेकोमा आयोजक कमिटीलाई धन्यबाद दिँदै विद्यालय सञ्चालनको विविध गतिविधिमा केही कमि कमजोरी भएमा क्षमायाचन गरिदिन अनुरोध गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । साथै, उहाँले विद्यालयबाट औपचारिक पठनपाठनबाट बाहिरिएतापनि विद्यालय प्रतिको माया, मोह, प्रेम र सद्भाव सदैव कायम राख्न समग्र विद्यार्थी वर्गलाई अनुरोध गर्नुभयो । उहाँले आज यस विद्यालयबाट बाहिरिएका विद्यार्थीहरु भविष्यमा गौरव योग्य स्थान, पद, स्तर र प्रतिस्ठारुपी व्याक्तित्वको रुपमा देख्न पाउँ भनि मनोकांक्ष समेत व्यक्त गर्नुभयो । अतिथीको रुपमा रहनुभएको भूतपूर्व व्यवस्थापन समितिको अध्यक्ष समर बहादुर शाहीले विद्यार्थीहरुलाई एसईई परिक्षाको निम्ति प्रोत्साहन स्वरुप हरेक विशिष्ट स्थान हाँसिल गर्नेलाई आफ्नो व्याक्तिगत तर्फबाट दस हजार रुपैयाँ नगद पुरस्कार दिने आश्वासन गर्दै आगामी एसईई परिक्षाको निम्ति शुभकामना दिनुभयो । एवम् रितले भूतपूर्व अध्यक्ष टंक प्रसाद अर्यालले पनि परिक्षाको निम्ति शुभकामना व्यक्त गर्दै मर्यादित ढंगबाट परीक्षा दिनको निम्ति समग्र विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । प्रमुख अतिथिको रुपमा रहनुभएका वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र खाँणले परिक्षाको समयमा कुनै समस्या आइलागे आफू सहयोगको लागि तत्पर रहने कुरा प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रमको अन्तिममा विद्यार्थीहरुद्वारा सांस्कृतिक कार्यक्रम सञ्चालन भयो ।
सम्पूर्ण शिक्षक प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, अतिथि, विशिष्ट अतिथि र प्रमुख अतिथीको मनतव्य तथा शुभकामना आदानप्रदान पश्चात् कक्षा १० को सम्पूर्ण विद्यार्थीहरुलाई शिक्षक तथा कक्षा ९ का विद्यार्थीहरुले माला र टीका लगाएर डायरी चिनो दिई विदाई कार्यक्रम सम्पन्न गर्यो । बिदाईको क्रममा कक्षा १० का विद्यार्थीहरुले विद्यालय व्यवस्था समितिका अध्यक्ष एवम् स्वागत तथा विदाई कार्यक्रमका प्रमुख अतिथि देवेन्द्र खाँण र प्रधानाध्यापक लेस बहादुर खाँणलाई विद्यालयमा सरस्वतीको मन्दिर निर्माणको निम्ति नगद रु. दस हजार हस्तान्तरण गरे ।
सामाग्रीको प्रकृति : कार्यक्रमहरु फोटो ग्यालरी भिडियोहरु समाचार
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment