माथिल्लो र तल्लो घुर्लिचौरमा टोल शिक्षा समिति गठन सम्पन्न
मिति २०७५ असार १ गते श्री खड्गकाली मा.वि. ले चापाकोट-४, माथिल्लो घुर्लिचौरमा गीता खाँणको अध्यक्षतामा १३ सदस्यीय र तल्लो घुर्लिचौरमा अमृता खाँणको अध्यक्षतामा १७ सदस्यीय टोल शिक्षा समिति गठन गरेको छ ।
वि.व्य.स. का अध्यक्ष देवेन्द्र खाॅण भू.पू अध्यक्षहरु समर बहादुर शाही, टंक प्रसाद अर्याल, वि.व्य.स. सदस्यहरु ईन्द्रा खाॅण, नेत्र बहादुर थापा, प्र .अ. लेस बहादुर खाॅण लगायत शिक्षक गोकर्ण जि.सीले टोल शिक्षा समितिको औचित्य माथि प्रकाश पार्दै यसले टोलका वालवालिकाको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने धारणा राख्नु भएको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष तिलक खाँणको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथ्यता वि.व्य. स. अध्यक्ष देवेन्द्र खाॅण रहनु भएको थियो ।
सामाग्रीको प्रकृति : फोटो ग्यालरी समाचार
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881




Post a Comment