June 24, 2018

मल्याङ्कोट र भण्टावारिमा खड्गकाली मा.वि. द्वारा टोल शिक्षा समिति गठन कार्यक्रम सम्पन्न

भण्टाबारीमा टोल शिक्षा समिति गर्दैको एक तस्बिर
मिति २०७५ साल असार २ गते (शनिवार) श्री खड्गकाली मा.वि. ले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले अभिभावक र विद्यार्थीहरुको भेला गराई अन्तरक्रियाकासाथ भन्टावारी टोलमा श्री विष्णु थापाको अध्यक्षतामा र मल्याङ्कोट (कोट गाँउ) टोलमा श्री गुन नारायण शाल्मीको अध्यक्षतामा १७/१७ सदस्यीय टोल शिक्षा समिति गठन भएको छ । 
मल्याङ्कोटमा टोल शिक्षा समिति गठन गर्दैको एक तस्बिर
कार्यक्रममा वि.व्य.स. अध्यक्ष देवेन्द्र खाॅण, भू.पू. अध्यक्ष टंकप्रसाद अर्याल, वि. व्य. स. सदस्य नेत्रबहादुर थापा, शि.अ.सं. का अध्यक्ष तिलक खाँण, प्र.अ. लेसबहादुर खाॅण लगायत शिक्षक प्रतिनिधि गोकर्ण जिसीले टोल शिक्षा समितिको बारेमा प्रष्ट्याउनुभएको थियो ।
कार्यक्रममा सहभागी भई साथ दिनुहुनेमा धन्यवाद तथा टोल शिक्षा समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...