५५ औ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस एबम् नवनिर्मित चारकोठे विद्यालय भवनको समुद्घाटन समारोहमा हार्दिक निमन्त्रणा
हार्दिक निमन्त्रणा!!!
श्री खड्गकाली मा.वि. घुर्लिचौरको ५५ औ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस एबम् नवनिर्मित चारकोठे विद्यालय भवनको समुद्घाटन यही बैशाख 26 गते चापाकोट नगरपालिकाको नगर प्रमुख श्री शिबकुमार गिरी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएकोले आमन्त्रित व्यक्तित्वहरुलाई पत्राचार भैसकेको छ यदि पत्र प्राप्त नभएको भए यसैलाई आधिकारिक निमन्त्रणा मान्नु भै उपस्थित हुनुहोला ।
साथै SEE-2073 साथै A Grade (Distinction) ल्याउन सफल दुई विद्यार्थीहरु, विद्यालयलाई आर्थिक सहयोग गर्ने, घुर्लिचौर ब्रदरहूड लगाएत अन्य सहयोगी हातहरु, अक्षयकोषदाता लगायत अन्य महत्वपूर्ण व्यक्तिक्त्व, अभिभावक तथा शिक्षकहरुलाई सम्मानकासाथ पुरस्कार वितरण, छात्रवृति वितरण, वार्षिक प्रतिवेदन र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुति रहनेछ ।
सामाग्रीको प्रकृति : सुचना
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment