June 09, 2023

खड्गकाली मा.वि.मा आधारभूत र माध्यामिक तह स्तरीय अन्तरसदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि.मा अन्तरसदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न
खड्गकाली मा.वि.मा अन्तरसदनात्मक हिज्जे प्रतियोगिता सम्पन्न
आज मिति २०८० जेठ २६ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा बाल क्लबको आयोजनामा आधारभूत तह (कक्षा ४-७) र माध्यमिक तह (कक्षा ९-१०) स्तरीय अन्तरसदनात्मक हिज्जे (स्पेलिङ कन्टेस्ट) प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा आधारभूत र माध्यमिक दुबै तहका हरेक सदनहरुबाट चार/चार जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । विद्यार्थीहरुको बौद्धिक स्तर मापन गर्ने तथा उनीहरूमा शब्दभण्डार बढाउने उद्देश्यले अंग्रेजी शब्दकोशका लगभग ८० शब्दहरुको स्पेलिङ सोधेर उक्त कार्यक्रम सञ्चालन भएको थियो । प्रतियोगितामा बाग्मती सदनका आधारभूत तहबाट भाग लिने विद्यार्थीहरु मेलिना हिताङ, दिपसन थापा, इस्मी मल्ल र कल्पना कुँवर रहेका थिए भने माध्यमिक तहमा सलिना थापा, शर्मिला क्षेत्री, सोनिका थापा र संगम गुरुङ रहेका थिए । कोशी सदनबाट आधारभूत तहमा बिशुम खाँण, परी क्षेत्री, अन्जल कुँवर र नमन खाँण सहभागी थिए र माध्यमिक तहमा समीक्षा उच्चै, सीता थापा, करिना खाँण र आशिका खाँण रहेका थिए । त्यसैगरी कर्णाली सदनमा आधारभूत तहबाट सदिक्षा कुँवर, प्रशान्न खाँण, सलिना के.सी र सबिना गुरुङ रहेका थिए भने माध्यमिक तहबाट बिनिश खाँण, नोमिस्का गुरुङ, एन्जिता खाँण र अमर थापा रहेका थिए । गण्डकी सदनबाट भने आधारभूत तहमा निश्चल बि.सी., सुशान्त क्षेत्री, साया गुरुङ र सम्राट सिहं साथै माध्यमिक तहबाट मनिस बि.सी., स्मृति बि.सी., अप्सरा थापा र हिसिला गुरुङ सहभागी थिए ।
आधारभूत तहमा प्रथम गण्डकी सदन, द्वितीय कोशी सदन, तृतीय कर्णाली सदन र सान्त्वना बाग्मती सदन भएका छन् । माध्यमिक तहमा भने प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल सदनहरु क्रमशः कोशी सदन, कर्णाली सदन, गण्डकी सदन र बाग्मती सदन रहेका छन् । 
आधारभूत तहका हिज्जे प्रतियोगिता शिक्षक उम बहादुर गुरुङ (बिकास)ले भूमिका क्षेत्री, कोपिला बि.क. लगायत अन्य शिक्षकहरुको सहयोगमा सञ्चालन गरेका थिए भने माध्यमिक तहको प्रतियोगिता शिक्षक बिष्णु पौडेलले अतिरिक्त कृयाकलाप संयोजक गोकर्ण जि.सी., कोपिला के.सी. रोका लगायत अन्य शिक्षकहरुको सहयोगमा सञ्चालन गरेका थिए । प्रतियोगिता प्र.अ. लेस बहादुर खाँण, सहायक प्र.अ. पशुपति पौडेल र राजेन्द्र बहादुर थापाको संयुक्त सुपरिवेक्षणमा भव्यताको साथ सम्पन्न भएको थियो । हिज्जे प्रतियोगितामा उत्साहको साथ सहभागी भई विभिन्न स्थान सहित विजयी विद्यार्थीहरु विद्यालयबाट पुरस्कृत हुनेछन् ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...