April 09, 2023

खड्गकाली मा.वि.मा शेैक्षिक सत्र २०८० को लागि कक्षा नर्सरी देखि कक्षा १० सम्म भर्ना खुल्यो

बिगत ६० वर्ष देखि विशुद्द शैक्षिक विकासमा समर्पित र स्याङ्जा जिल्लाको शैक्षिक इतिहासमा गुणस्तरीय शिक्षाको छबि प्रदान गर्न सफल साथै विगतका माध्यमिक तह परीक्षा (SEE) र आधारभूत तह परीक्षा (BLE) मा उत्कृष्ट नतिजासमेत दिइसकेका यस श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा गुणस्तरीय, समय सापेक्ष, वैज्ञानिक, ब्यबहारिक तथा निःशुल्क एवम् सर्व सुलभ शिक्षाको लागि सुरक्षित तथा आकर्षक बिद्यालय भवन, खेलकुद, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर र आइसिटी, प्रयाप्त शैक्षिक सामाग्री लगायत आधुनिक प्रविधिले सज्जित सम्पूर्ण भौतिक पूर्वाधार तथा सुविधाहरुमा ब्यापक लगानी गर्दै हाल २०८० को नयाँ शैक्षिक सत्रको निम्ति मिति २०७९ चैत २७ गतेबाट कक्षा नर्सरीदेखी कक्षा १० सम्म भर्ना खुलेको कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं । कक्षा नर्सरीदेखि कक्षा ५ सम्म निःशुल्क अंग्रेजी माध्यमबाट पठनपाठन हुने र अन्य कक्षाहरुमा सर्वसुलभ अतिरिक्त कक्षा लगायत प्रविधि उन्मुख गुणस्तरीय शिक्षामा समर्पित यस बिद्यालयमा समयमै भर्ना भई सिट सुरक्षित गर्नुहोला ।

हाम्रा विशेषताहरुः
  • आधुनिक युग सुहाउँदो शिक्षण पद्दतिहरुको पूर्ण अवलम्बन गरिने ।
  • कम्प्युटर, स्मार्टबोर्ड, मल्टिमिडिया प्रोजेक्टर, विद्यालयले विकास गरेको शैक्षिक पोर्टल र मोबाइल एप तथा आधुनिक आइसिटी प्रविधिको माध्यमबाट पठन-पाठन गराइने ।
  • बालमैत्री, स्वच्छ र आरामदायी कक्षाकोठा, खानेपानी र शौचालयहरुको व्यवस्था ।
  • जीवनोपयोगी शिक्षामा विशेष जोड दिइ बाल मनोबिज्ञान तथा आधुनिक शिक्षण पद्दतिहरुको अवलम्बन र योग्य तथा अनुभवी शिक्षकहरुद्वारा अध्यापन गराइने ।
  • विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्वि गर्न नियमित परीक्षा तथा उपलब्धी मापनको विविध अवधारणाहरु आत्मसाथ गरिने ।
  • प्रत्येक शुक्रबार चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डरको आधारमा अतिरिक्त कृयाकलाप सञ्चालन गरिने ।
  • विद्यार्थीहरुको सामाजिक भावनाको विकास, नेतृत्व कला तथा हक हितको उठानको निम्ति बालिका मैत्री समिति, वाल क्लव, रेडक्रस तथा अन्य संगठनहरुको गठन गरिने ।
  • गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालयको अक्षयकोषद्वारा छात्रावृत्ति प्रदान गरिने ।
  • आधारभूत तहसम्मका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयकै चमेनागृहमा पोसिलो दिवा खाजाको व्यवस्था हुने ।
  • नगर स्तरिय तथा माध्यमिक शिक्षा परिक्षा (SEE), आधारभूत तह परीक्षा (BLE) र विद्यालय उत्कृष्ट नतिजा ल्याउनेलाई विद्यालयद्वारा पुरस्कृत गरिने ।
  • शिक्षक, विद्यार्थी र अभिभावहरुबिच त्रिकोणात्मक सम्बन्ध स्थापना गर्न समयसमयमा अन्तरकृया कार्यक्रम गरिरहने ।
  • अतिरिक्त कक्षा (टिउसन तथा कोचिङ) को व्यवस्था र कुनै पनि पिरियड खाली नहुने गरि लिजर पिरियड व्यवस्थापन गरिने ।
  • निरन्तर विद्यार्थी सुरक्षा तथा निगरानीको निम्ति विद्यालयको सम्पूर्ण हाताभित्र २४ सै घण्टा सेक्युरिटी क्यामेराको व्यवस्था गरिएको ।
पुनश्च: भर्ना गर्न आउँदा हरेक विद्यार्थीहरुले पुरानो पाठ्यपुस्तकको साथमा अभिभावक अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ र विद्यार्थी आचार संहिता फारम भरेपछि मात्र भर्ना गरिनेछ । भर्ना भएपश्चात सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क नयाँ पाठ्यपुस्तक वितरण गरिने छ । कक्षा सञ्चालन २०८० वैशाख ४ गतेबाट हुने कुरा सहर्स जानकारी गराइन्छ ।
थप जानकारीको लागि विद्यालय प्रशासनमा सम्पर्क राख्नुहोला अथवा 9804176284 वा 9844943633 मा सम्पर्क गर्नुहोला ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...