March 16, 2023

खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा कक्षा १० (२०७९ ब्याच) लाई विदाई कार्यक्रम सम्पन्न

आज मिती २०७९ चैत्र २ गते मंगलबार खड्गकाली मा.वि चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० (२०७९ ब्याच) का बिद्यार्थीहरुको निम्ति शुभकामना तथा विदाई कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।
विगतका वर्षहरुमाझै यस बर्ष पनि विद्यालय प्रशासनको निर्देशन र सहयोगमा कक्षा ९ का विद्यार्थीहरुले उक्त कार्यक्रम आयोजना गरेको हो । विद्यालयको वि.व्य.स. अध्यक्ष तिलक बहादुर खाँणको प्रमूख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा, कक्षा ९ का छात्रा निकिता क्षेत्री सभापति र विद्यालय प्र.अ. लेस बहादुर खाँण विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो भने स्याङ्जा शिक्षा समन्वय समितिका महिला सदस्य गिता खाँण, सहायक प्र.अ. तथा शिक्षक संघ स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, भू.पू. वि.व्य.स. अध्यक्ष, शिक्षक अभिभावक संघका प्रतिनिधि र वर्तमान वि.व्य.स. सदस्यहरु आमन्त्रित अतिथिका रुपमा हुनुहुन्थ्यो ।
कार्यक्रममा विद्यार्थी प्रतिनिधिको रुपमा कक्षा ९ का छात्र दिनेश पुलामीले स्वागत मनतव्य व्यक्त गरे । सम्पूर्ण शिक्षकहरुको प्रतिनिधित्व गर्दै शिक्षक पशुपति पौडेलले आफ्ना मनतव्य व्यक्त गर्दै कक्षा १० को विद्यार्थीहरुलाई आउँदै गरेको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) निम्ति सफलताको शुभकाकामना दिनुभयो । उहाँले विद्यालयबाट विदाईको घडिलाई एउटा दुःखद क्षणको रुपमा नलिई नयाँ अवसरको आयाम र आफूलाई प्रगतिको दिशातर्फ मोड्नुपर्ने समयको रुपमा मनन गरि अघि बढ्न समस्त विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । त्यस्तै कक्षा १० का विद्यार्थी प्रतिनिधिको रुपमा छात्राहरु सन्ध्या पौडेलले आफ्नो मनतव्य गरे । उनले आफ्ना साथीहरूलाई नजिकिँदै गरेको एस.ई.ई. को तयारीको निम्ति चनाखो बन्नुपर्ने बताउँदै विद्यालयले अपेक्षा गरे अनुरुपको नतिजा ल्याउनको लागि आफूहरु हरसम्भव प्रयासरत रहने प्रतिवद्वता जाहेर गरे ।
विद्यालयको प्रधानाध्यापक लेस बहादुर खाँणले अन्तर्कृया रुपी शुभकानमा आदानप्रदान र विदाई कार्यक्रम सञ्चालन गरेकोमा आयोजक कमिटीलाई धन्यबाद दिँदै विद्यालय सञ्चालनको विविध गतिविधिमा केही कमि कमजोरी भएमा क्षमायाचन गरिदिन अनुरोध गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । साथै, उहाँले विद्यालयबाट औपचारिक पठनपाठनबाट बाहिरिएतापनि विद्यालय प्रतिको माया, मोह, प्रेम र सद्भाव सदैव कायम राख्न समग्र विद्यार्थी वर्गलाई अनुरोध गर्नुभयो । उहाँले आज यस विद्यालयबाट बाहिरिएका विद्यार्थीहरु भविष्यमा गौरव योग्य स्थान, पद, स्तर र प्रतिस्ठारुपी व्याक्तित्वको रुपमा देख्न पाउँ भनि मनोकांक्ष समेत व्यक्त गर्नुभयो । अतिथीको रुपमा रहनुभएको जिल्ला समन्वय समिति तथा वि.व्य.स. समिति गिता खाँणले विद्यार्थीहरुलाई आगामी वार्षिक परीक्षा तथा माध्यमिक शिक्षा परिक्षाको निम्ति शुभकामना दिनुभयो । एवम् रितले भूतपूर्व अध्यक्ष टंक प्रसाद अर्यालले पनि परिक्षाको निम्ति शुभकामना व्यक्त गर्दै मर्यादित र भयरहित ढंगबाट परीक्षा दिनको निम्ति समग्र विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । प्रमुख अतिथिको रुपमा रहनुभएका वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर खाँणले परीक्षाको समयमा कुनै समस्या आइलागे आफू सहयोगको लागि तत्पर रहने कुरा प्रतिबद्धता जाहेर गर्नुभयो । 
कक्षा १० बाट बिदाई भइ जाने विद्यार्थीहरुलाई कक्षा ९ का विद्यार्थीहरुले मायाँको चिनो प्रदान तथा शुभकामना आदानप्रदान र जलपान कार्यक्रम पश्चात् विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन भयो । कक्षा दशबाट बिदाई भइ जाने विद्यार्थीहरुले मायाँको सौगात स्वरुप निर्माणाधिन सरस्वती मन्दिरको निम्ति रु. दस हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...