खड्गकाली माविमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न
आज मिति २०७९ भाद्र १२ गते आइतबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर स्याङ्जामा अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा हरेक सदनबाट चार जना गायन तर्फ र एकजना नृत्य तर्फ गरि जम्मा ५/५ जनाले सहभागिता जनाएका थिए । समाजमा हुने गरेको व्याप्त घरेलु सामाजिक विसंगति, महिला हिंसा, लैंगिक विभेद र संविधानको धारामा मात्र सिमित महिला अधिकारमाथी आलोचना गर्दै नारीलाई पनि राष्ट्रको मुल धारमा ल्याउनुपर्ने कुरा गीतको माध्यमबाट संदेश दिँदै विद्यमान त्यस्ता विसङ्गतीलाई अन्त्य गर्नुपर्ने कुरालाई जोड दिँदै प्रतियोगीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल सदनहरु क्रमशः फेवा सदन, रारा सदन, वेगनास सदन र तिलिचो सदन रहेका छन् । कार्यक्रममा प्रतियोगी बाहेक अन्य विद्यार्थीहरुले पनि आफ्नो नृत्य कला प्रस्तुत गरेका थिए । निर्णायक मण्डलको भूमिकामा विद्यालयका शिक्षकहरु क्रमशः बिष्णु पौडेल, सरस्वती अर्याल र तुलसी सारु रहेका थिए । कार्यक्रमको अनौपचारिक सञ्चालन उम बहादुर गुरुङ (बिकास) द्वारा भएको थियो ।
सामाग्रीको प्रकृति : कार्यक्रमहरु समाचार
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881




Post a Comment