February 05, 2022

भोलि मिति २०७८ माघ २३ गते आइतबार सरस्वती पूजाको निम्ति विद्यालय विदा सम्बन्धि सूचना

मिति २०७८ माघ २३ गते आइतबार सरस्वती पूजाको निम्ति विद्यालय विदा सम्बन्धि सूचना
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा गत माघ २ गतेदेखि कोभिड-१९ को उच्च जोखिमको कारण भौतिक कक्षाहरु बन्द भई अनलाइन कक्षाहरु सञ्चालन भैरहेको कुरा यहाँहरुलाई अवगत नै छ । भोली मिति २०७८ माघ २३ गते आइतबार श्रीपञ्चमी (सरस्वती पूजा) को दिन पनि विद्यालयमा उपस्थित भई पूजाआजा गर्न सहज परिस्थिति नरहेकोले सम्पूर्ण विद्यार्थीहरुलाई आ-आफ्नै घरमा भक्तिभावको साथ सरस्वती पूजा गर्नुहुन अनुरोध छ । साथै, भोली एक दिन अनलाइन कक्षा समेत बन्द हुने कुरा पनि जानकारी गराइन्छ ।
पुनश्च: भौतिक उपस्थितिमा पठनपाठन सम्बन्धमा अर्को सूचना सम्प्रेषण हुनेछ ।
 प्र.अ.
लेस बहादुर खाँण

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...