September 27, 2021

भावपूर्ण श्रद्वाञ्जली - श्री समर बहादुर शाही

स्व. समर बहादुर शाही
स्व. समर बहादुर शाही
स्याङ्जा जिल्ला चापाकोट-४, घुर्लिचौर निवासी श्री विष्णुदेवी शाहीको पूजनीय जीवनसाथी; श्री पुष्पराज शाही, श्री उषा हमाल, श्री ममता मल्लको पूजनीय पिता तथा श्री खड्गकाली मा.वि. घुर्लिचौरको वि.व्य.स. को पूर्व अध्यक्ष, मा.वि. संस्थापक सदस्य, पूर्व शिक्षक एवम् विद्यालयको वर्तमान सल्लाहकार क्या. श्री समर बहादुर शाहीको गत मिति २०७८/५/३० गते उपचारको क्रममा ह्याम्स हस्पिटल, काठमाण्डौमा ६९ वर्षको उमेरमा भएको अप्रत्यासित र अकल्पनीय निधनले हाम्रो विद्यालय परिवारलाई निःशब्द र मर्माहत बनाएको छ ।
आफ्नो ३४ वर्षको निवृत्त भारतीय शैन्य जीवन पश्चात उहाँको अग्रसरतामा २०६५ सालबाट मा.वि. सञ्चालन, अंग्रेजी माध्यमबाट नर्सरी देखि ५ कक्षा सञ्चालनको नेतृत्व, विद्यालयको खेल मैदान तथा विद्यालय भवनको लागि जग्गा उपलव्ध लगायत समाजको लागि खानेपानी व्यवस्थापन, ग्रामिण मोटर बाटो, सामुदायिक भवन निर्माणको लागि जग्गा दान, भू.पू. सैनिकका पारिवारिक समस्याहरु समाधान जस्ता विद्यालय तथा समाजको प्रगतिका लागि हरपल चिन्तनशील, उर्जाशील, असल र अग्रज अभिभावक तथा सबैको मन मुटुमा बस्न सफल एउटा चम्किलो नक्षत्रको हामी माझबाट सदाको लागि अवसान हुनुभएकोले हाम्रो विद्यालय र समाजलाई अपूर्णनीय क्षति हुन पुगेको छ । उहाँको भौतिक शरिर यस धर्तीमा नरहेपनि उहाँले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा सामाजिक पक्ष तर्फको चौतर्फी उन्नयनमा पुर्‍याउनुभएको प्रशंसनीय र अनुकरणीय महत्वपूर्ण देनहरु अजर अमर बनेर हाम्रो मानसपटलमा सदासर्वदा स्मरणको रुपमा रहिरहनेछ । 
यस दु:खद घडीमा आज १३ औं दिनको पुण्य तिथिमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलिकासाथ मृतात्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

श्री खड्गकाली मा. वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जा
(विद्यालय परिवार)

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...