दिपावली २०७६ को अवसरमा खड्गकाली माविमा अन्तर सदनात्मक देउसी भेैलो प्रतियोगिता सम्पन्न
आज मिति २०७६ कार्तिक ८ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर स्याङ्जामा अन्तरसदनात्मक देउसी भैलो गीत प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा हरेक सदनबाट भैलो र देउसीरे गीत तर्फ एक एक समूह रहने गरि प्रतियोगीहरु सहभागीता भएका थिए । निर्णायक मण्डलको भूमिकामा विद्यालयका शिक्षकहरु शिव गिरी, गोमा सारु र बिकास गुरुङ थिए ।
परम्परागत रुपमा चलिआएको र विशेष महत्त्व बोकेको यस उल्लासमय चाडमा सबैजना जुटेर शुभकामना आदानप्रदान गर्दै भक्तिभावले मनाउनुपर्ने भाव व्यक्त गर्दै हरेक सदनले आ-आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
प्रतियोगितामा रारा सदन प्रथम हुन सफल भएका छन् । द्वितीय हुन सफल सदनमा फेवा रहेका रहेका छन् । त्यसैगरी बेगनास सदन तृतीय भएका छन भने तिलिचो सदन सान्त्वना भएका छन ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएको विद्यालयको नि.प्र.अ. राजेन्द्र बहादुर थापाले कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा प्रतियोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्ता प्रतिभाहरु प्रस्फुटन हुने कार्यक्रमहरुमा निरन्तर रुपमा सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षक र सहभागी बाहेकका विद्यार्थीहरुले पनि गायन प्रस्तुति दिएर कार्यक्रमको रौनक अझ बढाएको थियो । वालक्लवको उपाध्यक्ष बिर बहादुर गुरुङको अध्यक्ष्यतामा प्रारम्भ भएको उक्त कार्यक्रम कक्षा ८ का छात्र एवम् बाल क्लवका सचिव सुवास बहादुर पौडेलद्वारा सञ्चालन भएको थियो ।
सामाग्रीको प्रकृति : कार्यक्रमहरु समाचार
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881




Post a Comment