August 30, 2019

खड्गकाली माविमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न

खड्गकाली माविमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न
आज मिति २०७६ भाद्र १३ गते शुक्रबार श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर स्याङ्जामा अन्तरसदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा हरेक सदनबाट पाँच जना गायन तर्फ र एकजना नृत्य तर्फ गरि जम्मा ६/६ जनाले सहभागीता जनाएका थिए । निर्णायक मण्डलको भूमिकामा विद्यालयका शिक्षकहरु क्रमशः बिष्णु पौडेल, संगीता पौडेल र तुलसी सारु रहेका थिए । 
वर्तमान समयमा हुने गरेको घरेलु महिला हिंसा, लैंगिक विभेद र संविधानको धारामा मात्र सिमित महिला अधिकारमाथी आलोचना गर्दै महिलालाई पनि राष्ट्रको मुल धारमा ल्याउनुपर्ने कुरा गीतको माध्यमबाट गुनासो र व्यङ्ग्य गर्दै यस्ता विसङ्गतीलाई अन्त्य गर्नुपर्ने कुराको संदेश दिँदै सबै प्रतियोगीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
प्रतियोगितामा प्रथम हुन सफल तिलिचो सदनका प्रतियोगीहरु गायनतर्फ क्रमशः प्रतिमा बि.क (कक्षा १०), तेजकुमारी मल्ल (कक्षा ९), धनु सिंजाली (कक्षा १०), सुजिना पौडेल (कक्षा १०), जस्मी खाँण (कक्षा ९) र नृत्य तर्फ दिपिना सिहं (कक्षा ९) रहेका छन् । द्वितीय हुन सफल वेगनास सदनबाट गायनमा क्रमशः मनिषा पुलामी (कक्षा ९), रन्जिता थापा (कक्षा १०), अञ्जली परियार (कक्षा १०), पुनमायाँ गुरुङ (कक्षा १०), अस्मिता दर्जी (कक्षा ९) र नृत्यमा सिर्जना राना (कक्षा ९) रहेका छन् । त्यसैगरी तृतीय हुन सफल प्रतियोगीहरु फेवा सदनका इन मायाँ गुरुङ (कक्षा १०), दिपा सिहं (कक्षा १०), अञ्जली बि.क. (कक्षा ९), रिममायाँ नेपाली (कक्षा ६), बिस्मिता शाही (कक्षा १०) गायनतर्फ र प्रिया गुरुङ (कक्षा ९) नृत्य तर्फ रहेका छन् । सान्त्वना स्थान हाँसिल गर्नेमा रारा सदनका प्रतियोगीहरु क्रमशः विपना परियार (कक्षा ९), शसिला शाल्मी (कक्षा १०), तालमाया सारु (कक्षा ७), लक्ष्मी गुरुङ (कक्षा १०) गायनतर्फ र सिर्जना राना (कक्षा ९) नृत्य गर्ने रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएको विद्यालयको प्र.अ. लेस बहादुर खाँणले कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा प्रतियोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्ता प्रतिभाहरु प्रस्फुटन हुने कार्यक्रमहरुमा निरन्तर रुपमा सहभागी हुन आग्रह गर्नुभयो । 
प्रतियोगितामा सहभागी बाहेकमा विद्यार्थीहरुले पनि गायन तथा नृत्य प्रस्तुति दिएर कार्यक्रमको रौनक अझ बढाएको थियो । कार्यक्रमको अन्त्यमा विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण भयो । वालक्लवको अध्यक्ष अस्मिता दर्जीको अध्यक्ष्यतामा प्रारम्भ भएको उक्त कार्यक्रम कक्षा ८ का छात्र एवम् बाल क्लवका सचिव सुवास बहादुर पौडेलद्वारा सञ्चालन भएको थियो ।


सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...