खड्गकाली माविमा आजबाट ल्यागत परीक्षा सञ्चालन हुँदै
खड्गकाली माविमा आज मिति २०७५ माघ १८ गतेबाट कक्षा १० र कक्षा ८ को माध्यमिक शिक्षा र आधारभूत ल्यागत परीक्षा सञ्चालन भएको छ । चापाकोट नगर शिक्षा समितिको निर्देशन अनुसार चापाकोट नगरपालिका भरिका सम्पूर्ण माध्यमिक विद्यालयहरुसंग एकरुपता हुने गरि परिक्षा सञ्चालन गरिएको हो ।
परिक्षामा कक्षा १० र कक्षा ८ का सम्पूर्ण विद्यार्थीहरु सम्मेलित भएका छन् । आज परिक्षाको पहिलो दिन कक्षा ८ र १० दुबै कक्षाको अंग्रेजी विषयको परिक्षा रहेको थियो । खड्गकाली मावि का परीक्षा संयोजक जगदीशप्रसाद यादवका अनुसार माध्यमिक तह कक्षा १० तर्फ २० गते गणित, २१ गते नेपाली, २२ गते विज्ञान, २३ गते समाजिक, २४ गते जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक द्वितीय विषयको परिक्षा हुनेछ भने आधारभूत कक्षा तर्फ २० गते गणित, २१ गते नेपाली, २२ गते विज्ञान तथा वातावरण, २३ गते समाजिक तथा जनसंख्या, २४ गते पेशा व्यवसाय र प्रविधि शिक्षा, २५ गते कम्प्युटर शिक्षा र २६ गते नागरिक तथा नैतिक शिक्षा विषयको परिक्षा हुनेछ ।
विगतमा बर्षमा एस.ई.ई. ल्यागत परिक्षा मात्र लिने गरेता पनि यस बर्षमा भने विद्यालय परीक्षा समितिको अनुरोधमा व्यवस्थापन समिति र विद्यालय परिवारको सर्वोसम्मतिबाट बि.एल.ई. ल्यागत परीक्षा लिन सुरु गरेको विद्यालयको प्रधानाध्यापक लेस बहादुर खाँणले बताउनुभयो ।
सामाग्रीको प्रकृति : समाचार
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881


Post a Comment