October 05, 2018

खड्गकाली मा.वि. मा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि. मा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
वक्तृत्वकला प्रतियोगितामा उपस्थित विद्यार्थीहरुको केहि झलक
खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०७५ आश्विवन १९ गते शुक्रबार विद्यालयको वालक्लवको आयोजनामा प्रा.वि., नि.मा.वि. र मा.वि. तहका अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो ।
खड्गकाली मा.वि. मा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
निर्णयक मण्डल, प्र.अ. र प्रतियोगी विद्यार्थीको एक तस्बिर
प्रतियोगितामा प्रावि तहबाट ४ जना, निमावि तहबाट ६ जना र मावि तहबाट ८ जना गरि जम्मा १८ जना विद्यार्थीहरुले भाग लिएका थिए । निर्णयक मण्डलको रुपमा विद्यालयका शिक्षकहरु क्रमशः जगदीश यादव, बिष्णु पौडेल र बिकास गुरुङ रहेका थिए । वालक्लवको अध्यक्ष प्रिया गुरुङको अधक्ष्यतामा भएको उक्त कार्यक्रम कक्षा १० का छात्र सौरव अर्यालद्वारा सञ्चालन भएको थियो ।

प्रा.वि. तहमा 'समाजका सलब र दुर्वल पक्षहरु' शिर्षकको अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगितामा सगरमाथा सदनका छात्र दिनेश पुलामीले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । माछापुच्छ्रे सदनका छात्रा सोनीका सारू द्वितीय हुन सफल भएका छन् भने कञ्चनजंघा र धौलागिरी सदनहरुका छात्रछात्राहरु क्रमशः डम्बर पौडेल र नम्रता पौडेल दुबैले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

निमावि तहमा 'छुवाछूत उन्मुलनमा विद्यार्थीको भूमिका' शिर्षकको वक्तृत्वकला प्रतियोगितामा माछापुच्छ्रे सदनका छात्रछात्राहरु क्रमशः शिख्र बहादुर पौडेल र प्रिया गरुङ प्रथम हुन सफल भएका छन् । द्वितीय स्थान ओगट्न सफल हुनेमा धौलागिरी सदनका छात्रछात्राहरु क्रमशः विकास पौडेल र अञ्जना पौडेल रहेका छन् । त्यसैगरी कञ्चनजंघा सदनका छात्रा भूमिका पंगेनी तृतीय हुन सफल भएका छन् भने सगरमाथा सदनका सुस्मा पौडेल सान्त्वना हुन सफल भएका छन् । 

'भूकम्पीय सुरक्षामा हाम्रो दायित्व' शिर्षकको मावि तहको वक्तृत्वकला प्रतियोगितामा धौलागिरी सदनका मनिस पंगेनी र पुष्पा क्षेत्री प्रथम हुन सफल भएका छन । द्वितीय हुन सफल कञ्चनजंघा सदनबाट विपन पुलामी र संगिता शर्मा रहेका छन् भने तृतीय हुनेमा अमृत सारु र इनमायाँ गुरुङ रहेका छन् । त्यसैगरी सगरमाथा सदनका छात्रछात्राहरु क्रमशः सुन्दर गिरी र सुजिना पौडेलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन ।
L.B. Khand - Principle of Khadgakali School
कार्यक्रममा बोल्दै प्र.अ. लेस बहादुर खाँण
प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई पुरस्कार वितरण पश्चात अन्त्यमा प्र.अ. लेस बहादुर खाँणले कार्यक्रमका प्रतियोगी एवम् अन्य सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै छुवाछूत उन्मुलन र भूकम्पीय सुरक्षा दुबैमा विद्यार्थीहरुको भूमिका एवं दायित्वको विषयमा प्रकाश पार्नुभयो ।

सामाग्रीको प्रकृति :

bm

Khadgakali School

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • Khadgakali School
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...