माध्यमिक शिक्षा परिक्षा २०७४ को ग्रेड वृद्धि पूरक परीक्षाको फाराम सम्बन्धि सूचना
विद्यार्थी भाईबहिनी तथा अभिभावक ज्यूहरु,
श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौरको माध्यमिक शिक्षा परीक्षा २०७४ (SEE-2074) मा सैद्धान्तिक तर्फ कम ग्रेड (C, D+, D र E) प्राप्त गरेको विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीहरुको लागि ग्रेड वृद्धि पूरक परीक्षा २०७५ साउन २३ गतेबाट सञ्चालन हुने भएकोले ग्रेड वृद्धि पूरक परीक्षाको लागि फाराम भर्न विद्यालयमा तुरुन्त सम्पर्क राख्नुहुन यो सूचना जारी गरिन्छ ।
#आवश्यक कागजातहरु:
१. दुई प्रति पासपोर्ट साइजको फोटो ।२. SEE-2074 को प्रवेश-पत्र ।
३. आवेदन फाराम । (विद्यालयले उपलब्ध गराउने छ)
पुनश्च: फाराम भर्ने अन्तिम मिति असार २३ गतेसम्म । थप जानकारीको लागि विद्यालयमा सम्पर्क गर्नुहोला । सहयोग तथा सोधपुछको लागि सम्पर्क नं ९८०४१७६२८४ र ९८०५८७०८०१
प्र.अ.
लेस बहादुर खााँण
श्री खड्गकाली मा.वि.
लेस बहादुर खााँण
श्री खड्गकाली मा.वि.
सामाग्रीको प्रकृति : सुचना
Khadgakali School
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Khadgakali School
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881

Post a Comment