June 10, 2023

खड्गकाली मा.वि. परिवारको स्याङ्जा पित्लेक पिकनिक कार्यक्रम २०८० को भिडियो

खड्गकाली मा.वि. परिवारको स्याङ्जा पित्लेक पिकनिक कार्यक्रम २०८० को भिडियो

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा स्थायी सेवामा प्रवेश एवं नब नियुक्त एवं हुनुभएका शिक्षकहरु डि.आर. भट्टराई आयुश, कोपिला के.सी. रोका र उम बहादुर गुरुङ (बिकास) द्वारा आयोजित सुन्दर पर्यटकीय गाउँ वालिङ-५, पित्लेक (पित्लेक अर्गानिक फार्म हाउस)को रमाइलो भिडियो भ्ल्ग ।



May 22, 2023

खड्गकाली मा.वि. परिवारको स्याङ्जा गह्रौंसुरको गह्रौंकालिका दर्शन तथा पिकनिक कार्यक्रम २०८० को भिडियो

खड्गकाली मा.वि. परिवारको स्याङ्जा गह्रौंसुरको गह्रौंकालिका दर्शन तथा पिकनिक कार्यक्रम २०८० को भिडियो

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाका अत्यन्त कर्मशिल, मिजासिलो, इमान्दार एवम् लोकप्रिय प्र.अ. लेस बहादुर खाँण प्राथमिक तहको प्रथम श्रेणीमा बढुवा हुनुभएको खुसियालीमा गह्रौंकालिका देवी दर्शन तथा भ्रमण कार्यक्रमको रमाइलो क्षण समेटिएको भिडियो हेरेर मनोरञ्जन लिनुहोला ।



May 12, 2023

६० औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा सम्पन्न भएको अभिभावक कुर्सी दौड प्रतियोगिता

६० औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा सम्पन्न भएको अभिभावक कुर्सी दौड प्रतियोगिता



March 16, 2023

खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा आयोजित कक्षा १० (२०७९ ब्याच) लाई बिदाई कार्यक्रमको भिडियो

खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा आयोजित कक्षा १० (२०७९ ब्याच) लाई बिदाई कार्यक्रमको भिडियो

मिती २०७९ चैत्र २ गते मंगलबार खड्गकाली मा.वि चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० (२०७९ ब्याच) का बिद्यार्थीहरुको निम्ति शुभकामना तथा विदाई कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । (alert-success)


 

January 21, 2023

खड्गकाली मा.वि.मा अर्धवार्षिक परीक्षा २०७९ को पुरस्कार वितरण कार्यक्रम

खड्गकाली मा.वि.मा अर्धवार्षिक परीक्षा २०७९ को पुरस्कार वितरण कार्यक्रम

 


December 26, 2022

खड्गकाली मा.वि. को स्टाफहरुको स्वरेक मैदान पिकनिक कार्यक्रम २०७९

खड्गकाली मा.वि. को स्टाफहरुको स्वरेक मैदान पिकनिक कार्यक्रम २०७९

 


November 26, 2022

खड्गकाली माविको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित बुढाकोट पिकनिक कार्यक्रम

खड्गकाली माविको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित बुढाकोट पिकनिक कार्यक्रम

 


October 21, 2022

खड्गकाली माविको प्रथम त्रैमासिक परीक्षा २०७९ को परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

खड्गकाली माविको प्रथम त्रैमासिक परीक्षा २०७९ को परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

श्री खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०७९ मंसिर कार्तिक ३ गते शैक्षिक सत्र २०७९ को त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
दियो प्रज्योलन गरेर उद्घाटन गर्दै प्रमुख अतिथि
मन्तव्य दिँदै विद्यार्थी प्रतिनिधि सनिसा संजाली
स्याङ्जा जिल्ला समन्वय समितिका सदस्य गिता खाँणको प्रमुख अतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा विद्यालयका शिक्षक सरस्वती अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । विद्यार्थी प्रतिनिधिको रुपमा कक्षा १० का छात्र बीर बहादुर गुरुङ र छात्रा सनिसा सिंजालीले विद्यालयप्रति अभिभावकहरुको आवश्यक दिलचस्पीको अभावको कारण पैदा हुन सक्ने संभावित विकृतिहरुबारे सचेत गराउँदै समग्र पक्षलाई जिम्मेवार हुन आग्रह गरेर आफ्ना मन्तव्य व्यक्त गरे । उनीहरूले कक्षा १० को आउँदै गरेको एसइइसीमा उत्कृष्ट जिपिए सहित उतिर्ण भइ विद्यालयको गौरव उच्च पार्ने प्रतिबद्धता समेत जाहेर गरे ।
मन्तव्य दिँदै शिक्षक गोकर्ण जिसी
मन्तव्य दिँदै शिक्षक जगदीश प्रसाद यादव
प्रधानाध्यापक लेस बहादुर खाँणले विद्यार्थीले शिक्षालाई एउटा लगानीको रुपमा लिनुपर्ने र विद्यालयको शैक्षिक गुणस्तर अभिवृत्तिको निमित्त सबैलाई हातेमालो गर्न अनुरोध गर्नुभयो । उहाँले गत वर्ष २०७८ को एसइइमा खड्गकाली मा.वि.ले चापाकोट नगरपालिका उत्कृष्ट स्थान हासिल गरेको गौरवपूर्ण इतिहास प्रस्तुत गर्दै आगामी दिनहरुमा पनि यस्तै खालको उपलब्धिको अपेक्षा गर्दै सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना सहित आफ्नो मनतव्य व्यक्त गर्नुभयो । 
मन्तव्य दिँदै प्र.अ. लेस बहादुर खाँण
मन्तव्य दिँदै भू.पू. वि.व्य.स. अध्यक्ष टंक प्रसाद अर्याल
त्यसैगरी, भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद अर्यालले समेत विद्यार्थीहरुलाई शुभकामना तथा मनतव्य प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विद्यालयको लेखापाल राजेन्द्र बहादुर थापाले शैक्षिक सत्र २०७८/७९ सालको हालसम्मको आय व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको केन्द्रबिन्दु अर्थात् प्रमुख अतिथि गिता खाँणले विद्यालयले विगतमा दिनहरुमाझैँ उन्नती प्रगति गर्दै नमूना विद्यालयको रुपमा स्थापित हुन सकोस् भनी शुभकामना सहित आफ्नो शुभकामना मनतव्य दिनुभयो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका व्याक्तित्वहरु, राजनितीक दलका पदाधिकारीहरु, व्यावस्थापन समितिका सदस्यहरु, टोल शिक्षा समितिका सदस्यहरु, बाल क्लव, रेडक्रस, विद्यालयका संस्थापक सदस्यहरु, विद्यार्थीहरु, अभिभावकहरु एवं अन्य अतिथिहरुको बेजोड उपस्थित रहेको थियो ।
नतिजा प्रकाशनको क्रममा कक्षा नर्सरीदेखी कक्षा दस सम्म सम्पूर्ण उतिर्ण र विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई, सर्वाधिक हाजिर हुनेलाई र अतिरिक्त कृयाकलापमा भाग लिई विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो । विद्यार्थीहरुद्वारा बिचबिचमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएको थियो ।
परीक्षाफल प्रकाशन र पुरस्कार वितरण कार्यक्रम खड्गकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर खाँणको अध्यक्ष्यतामा सम्पन्न भएको थियो भने कार्यक्रम शिक्षक पशुपति पौडेलले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको समाप्ति पश्चात हरेक कक्षामा विद्यार्थी, अविभावक, कक्षा शिक्षक, प्र.अ र अन्य वि.व्य.स.का सदस्यहरु बिच विद्यार्थीको प्रगति सम्बन्धमा अन्तर्कृया भई कार्यक्रम भव्यताको साथ सम्पन्न भयो ।
खड्गकाली माविको प्रथम त्रैमासिक परीक्षा २०७९ को परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमको भिडियो (उपस्थित महानुभावहरु, नृत्य तथा पुरस्कार वितरण) (alert-success)


 

अपडेट
लोडिङ हुँदै छ...